भीआर २२० मोटरसाइकल किन्नेलाई ४५ हजार बचाउने अवसर

काठमाडौं । हार्टफोर्डको वितरकमा इग्निशन अटोले भीआर मोटरसाइकलमा नगद छुटको स्कीम ल्याएको छ । कम्पनीले फेस्टीभ सिजनलाई मध्यनजर गर्दै २० हजार नगद छुटको स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले निकट भविष्यमा नै हार्टफोर्डका मोटरसाइकलको मूल्य बढ्ने समेत जनाएको छ । कम्पीनीले विक्री गर्ने दुई मोडलको नयाँ मूल्यसमेत सार्वजनिक गरिसकेको छ । छठदेखि लागू हुने भिआर २२० को मूल्य ६ लाख १० हजार र भीआर १५० को मूल्य ४ लाख ९० हजार रुपैयाँ हुने जनाएको छ ।

तत्काल किन्ने ग्राहकले अहिलेको मूल्यमा २० हजार नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । भीआर २२० को हालको मूल्य ५ लाख ८५ हजार रुपैयाँ रहेको छ भने, स्कीममा खरिद गर्नेले ५ लाख ६५ हजार रुपैयाँ तिर्नु पर्छ । भीआर १५० मा भने नगद छुट अफर दिइएको छैन् ।

अहिले हार्टफोर्डका मोटरसाइकल खरिद गर्ने ग्राहकले एक बर्षको सडक दस्तुर, हेलमेट, लेगगार्ड र निःशुल्क नामसारीको सुविधा प्राप्त गर्नेछन् ।

कम्पनीले ‘भीआर १५० र २२३’ गरि दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । यी मोटरसाइकलमा १४९ र २२३ सीसी क्षमताको ओएचसी ४ स्ट्रोक इन्जिन रहेको छ । यी दुवै मोटरसाइकलमा ५ स्पीड गियरबक्स दिइएको छ ।

१२ लिटरको इन्धन ट्याङ्की दिइएको बाइकलाई आरामदायी बनाउन कम्पनीले फ्रन्टमा युएडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिएको छ । बाइकमा १८ इन्चको ह्वील दिइएको छ । यसका साथै दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ ।

२१०० एमएम लम्बाई, ७७५ एमएम चौडाई र १२१५ एमएम उचाई रहेको बाइकमा १३५० एमएमको ह्वीलबेस प्रदान गरिएको छ ।


Back_to_top