महिन्द्राको विक्री हिस्साकाे ५० प्रतिशत इभी हुने

काठमाडौं । भारतीय युटिलिटी भेहिकल उत्पादक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले सन् २०३० सम्ममा आफ्नो कुल विक्रीको ५० प्रतिशत हिस्सा इलेक्टिक भेहिकल हुने प्रक्षेपण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक अनिश साहले हालै एक मिडिया इन्टरभ्यूमा उक्त घोषणा गरेका हुन् ।

महिन्द्राले यसका लागि अहिलेनै इभी लाइनअपमा काम गर्न सुरू गरिसकेको छ । महिन्द्राले अघिल्लो दिल्ली अटोशोमै इकेयूभी १०० सोकेस गरेको थियो । त्यस्तै, महिन्द्राको अर्को सबकम्प्याक एसयूभी एक्सयूभी ३०० लाई पनि इलेक्ट्रिक इन्जिनमा ल्याउने घोषणा गरिसकेको छ । महिन्द्रा हालै मात्र लन्च गरेको एक्सयूभी ७०० को पनि इभीवेस प्रोटो टाइप निर्माण गरिरहेको खबरहरू सार्वजनिक भएको छ ।

महिन्द्राले ईकेयूभी १०० लाई भारतीय सडकहरुमा रोड टेष्ट गरिरहेको तस्वीरहरू बाहिर आएका छन् । महिन्द्राले इकेयूभी १०० को विक्री आगामी वर्षबाट सुरू गर्ने जानकारी दिएको छ । यो कारमा १५.९ किलोवाट आवरको ब्याट्रिप्याक तथा ४० किलोवाटको मोटर रहने छ । महिन्द्राको ईएक्सयूभी ३०० र एक्सयूभी ७०० इभीको बारेमा भने केही पनि जानकारी बाहिर आएको छैन ।


Back_to_top