काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले बनाएको प्रिमियम ह्याचब्याक कार बलेनोले क्रयास टेष्टमा शून्य स्टार रेटिङ प्राप्त गरेको छ । हालै मात्र ल्याटीन अमेरिकी एनक्याप क्रयास टेष्टमा बलेनोले शून्य स्टार पाएको हो ।
बलेनोले एडल्ट अकुपेन्ट बक्समा २०.३ प्रतिशत, चाइल्ड अकुपेन्ट बक्समा १७.०६ प्रतिशत, प्रेडिस्ट्रेन प्रोटेक्सनमा ६४.०६ प्रतिशत र सेफ्टी असिस्ट बक्समा ६.९८ प्रतिशत मात्र स्कोर पाएको थियो ।

ल्याटीन अमेरिकी एनक्यापका सेक्रेटर जनरल अलेजान्द्रो फुरसले स्वीफ्टसँगै अहिले बलेनोको पनि शून्य स्टार रेटिङले आफूलाई निराशा बनाएको बताए । त्यस्तै सन् २०१८ मा गरिएको क्यास टेष्टमा मारुती स्वीफ्टले २ स्टार रेटिङ पाएको थियो ।


