काठमाडौं । प्योर इभीको उत्पादन इट्रान्स प्लस नेपाली बजारमा भित्रिएको छ । प्योर इभी इन्डियाको उत्पादन नेपाली बजारमा ह्वाइट लोटस मोटर्स नेपालले ल्याएको हो ।
कम्पनीले यसअघि नेपाली बजारमा इ प्लुटो ७ जी र इट्रान्स निओको विक्री गर्दै आएको थियाे । कम्पनीले हालै नेपाली बजारमा भित्र्याएको इट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो नेपाली बजारमा उपलब्ध लिथियम आयाेन व्याट्री भएको सबैभन्दा सस्ताे इलेक्ट्रीक स्कुटर हाे ।
इट्रान्स प्लसमा २५० वाटको बसलेस हव मोटर रहेको छ । यसमा ६० भोल्ट १२५० वाटहावरको व्याट्री प्याक रहेको छ । यसमा पोर्टेएवल लिथियम आयाेन व्याट्री दिइएको छ । यो स्कुटरलाई एक पटक फुलचार्ज गर्दा ११६ किलोमिटर गुडाउन सकिन्छ भने ४ घन्टामा यसलाई फुलचार्ज गर्न सकिन्छ ।
यो स्कुटरको दुबै तर्फ ड्रम ब्रेक रहेको छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टम पनि उपलब्ध रहेकाे छ । यसको टप स्पीड २५ किलोमिटर प्रतिघन्टा मात्रै छ । यसमा अलाेय ह्वील, हेलेजीन हेडल्याम्प, टर्न इन्डिकेटर, डिजिटल क्लस्टर, बुट स्पेस जस्ता फिचर उपलब्ध रहेका छन् । यो स्कुटर सीटी राइडका लागि उपयुक्त रहेको कम्पनीको दावी छ ।
ह्वाइट लोटस मोर्टसले उपत्यकामा गावहाल, गठ्ठाघर, टेकु र नक्सालमा शोरुम स्थापना गरेर प्योर इभीका स्कुटर विक्री गर्दै आएको छ भने उपत्यका बाहिर पोखरा, बुटवल, नारायनगढ, कावासोती, विरगजं, जनकपुर, इटहरी र विर्तामोडमा आफ्नो शाेरुम विस्तार गरेको छ ।


