जापानी अल्टो र भारतीय अल्टोमा यस्ता छन् फरक

काठमाडौं । सुजुकीले जापानमा विक्री गर्ने अल्टो र मारुती सुजुकीले भारतमा उत्पादन गर्ने अल्टोमा आकाश जमिनको फरक पाउन सकिन्छ । सुजुकी र मारुती सुजुकीले आ-आफ्नो क्षेत्रमा इन्ट्री मोडलको रुपमा विक्री गर्ने अल्टोको बडी डिजाइन, फ्रन्ट फेसिका र इन्टेरियरमा निकै फरक पाउन सकिन्छ ।

जापानमा अल्टो ६५८ सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम ४६ पीएस पावर र ६५ एनएम टर्क प्रदान गर्छ ।
भारतमा मारुती सुजुकील बनाउने अल्टोमा ७९७ सीसी क्षमताको इन्जिन दिएको छ । उक्त इन्जिनले ४८ पीएस पावर ६९ एनएम टर्क प्रदान गर्छ ।

जापानमा विक्री हुने अल्टोमो लम्बाई ३३९५ एमएम, चौडाई १४९० एमएम र उचाई १४७५ एमएम रहेको छ । यसमा २४६० एमएमको ह्वीलवेस उपलब्ध छ । भारतीय बजारमा उत्पादन हुने अल्टो जापानको तुलनामा केही लामो छ तर, ह्वीलवेस छोटो छ ।

जापानमा बनेकाे अल्टाे

अल्टो ८०० को लम्बाई ३४४५ एमएम, चौडाई १४९० एमएम र उचाई १४७५ एमएम पाउन सकिन्छ । यसमा २३६० एमएमको ह्वीलवेस दिइएको छ ।

जापानमा बनेको अल्टोमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक उपलब्ध छ भने १३ इन्चको ह्वील उपलब्ध छ । मारुती सुजुकी अल्टोमा समान ब्रेकिङ सिस्टम दिइएको छ । ह्वील साइज भने एक इन्च सानो रहेको छ ।

भारतमा बनेकाे अल्टाे ८००

जापानी अल्टोमा सुरक्षा फिचरको रुपमा एबीएस, ब्रेक एसिस्ट, सेन्ट्रल लकिङ, पावर विन्डो, सिटवेल्ट रिमाइन्डर, एयरव्याग, चाइल्ड सेफ्टीलक, किलेस इन्ट्री, क्र्याससेन्स, इन्जिन चेक वार्निङ, एन्टी थेप्ट डिभाइस जस्ता फिरच पाउन सकिन्छ ।

मारुती सुजुकी अल्टोमा पनि एबीएस, एयरव्याग, सिटवेल्ट रिमाइन्डर, क्र्यास सेन्सर, इन्जिन चेक वार्निङ जस्ता फिचर उपलब्ध रहेपनि ब्रेक एसिस्ट फिचर दिइएको छैन ।

दुबै देशमा नयाँ जेनेरेशन अल्टोको तयारी

सुजुकीले दुई महिना भित्रै जापानी स्पेकको अल्टोलाई नयाँ जेनेरेशन मोडलको रुपमा बजारमा उतार्ने तयारी गरिरहेको छ । मारुती सुजुकीले पनि अल्टो ८०० को नयाँ जेनेरेशन मोडलको परिक्षण गरिरहेको तस्विरहरु भारतीय मिडियाले प्रकाशित गरेका छन् ।

यसले भारतमा पनि अल्टोको नयाँ जेनेरेशन मोडल चाँडै आउने अनुमान गरिएको छ । कम्पनीले दुबै देशमा उत्पादन हुने अल्टोलाई आफ्नो नयाँ प्लेटफर्म ‘हार्टटेक’मा बनाउने छ ।

नयाँ जेनेरेशन अल्टोमा के कस्ता फिचर समावेस हुनेछन् भन्ने विषय बाहिर आएको छैन । तर, उत्कृष्ट माइलेजको लागि कम्पनीले यसमा माइल हाइब्रिड टेक्नोलोजीसँगै ०.८ लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर ड्यूलजेट इन्जिनको प्रयोग गर्न सक्ने अनुमान गरिएको छ । जुन केही दिनअघि नयाँ जेनेरेश सेलेरियोमा प्रयोग भएको थियो ।


Back_to_top