यस्तो छ भारतीय सुपरकार ‘शुल’, यी हुन् विशेषता

गुडवुड फेस्टिबल अफ स्पीडको अवसर पार्दै भारतीय कम्पनी भाजीरानी अटोमोटिभले पहिलो इको फ्रेन्डली हाइपर कारको अवधारणा सार्वजनिक गरेको छ । 

चंकी भाजीरानीले तयार पारेको कन्सेप्टमा साहारा फोर्स इन्डिया टिमले कार निर्माण गर्ने छ । हाइपर कारमा ईको फ्रेन्डली टर्बाइन, इलेक्ट्रिक पावर ट्रेन लगाइएको कम्पनीले जनाएको छ । 

यसको नाम शुल राखिएको छ भने, कारलाई कम वजनको बनाउनको लागि हलुका चेसीस तथा कार्बन फाइबरको प्रयोग गरिएको छ । कम्पनीले यसको प्रोपोटाइप २०१८ को अन्त्यसम्ममा ल्याउने जनाएको छ । 

कारको प्रत्येक पाङ्ग्रामा इलेक्ट्रीकल मोटर लगाउने कम्पनीले जनाएको छ । यसले कारलाई फुल्ली इन्डिपेन्डेन्ट टर्क वक्टरिङ प्रोवाइड प्रदान गर्नेछ । यो कार सिंगल रेशो गियरबक्समा संचालन हुने छ ।

कारसंग सम्बद्ध अन्य जानकारी भने सार्वजनिक गरिएको छैन । कम्पनीले ० देखि १०० किलोमिटर प्रतिघन्टाको टप स्पिड अवधारणमा भन्दा पनि कारमा ह्यान्डलिङलाई विशेष फोकस गरिने जनाएको छ । 


Back_to_top