टिपर आतङ्क चक्रपथ बाहिर, संचालनमा रोक चक्रपथ भित्र

काठमाडौं । मंगलबार दिउसो टिपर चल्न नपाउने भनेपनि उपत्यकाका भित्री बाटोहरुमा चलिरहेका थिए । पछि मात्रै थाहा भयो चक्रपथ भित्रमात्र दिउँसोमा टिपर संचालनमा रोक लगाईएको रहेछ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा मंगलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यसअघि आएजस्तो दिनमा टिपर चल्न नदिने कुरालाई सहि सावीत गर्दै निर्णय त गरे तर चक्रपथ भित्र मात्र ।  

बैंठकको निर्णय अनुसार हिजो मंगलवार बेलुका ८ देखि बिहान ५ बजेसम्ममात्र चक्रपथभित्र टिपर सञ्चालन गर्न पाइने निर्णय गरेको हो । 

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तथा उपत्यकामा हुने बढ्दो दुर्घटना न्यूनीकरण गर्न उक्त निर्णय गरिएको प्रजिअ शर्माले जानकारी दिए । 

तर, उपत्यकामा चक्रपथ भित्र टिपरको कारण कुनैपनि दुर्घटना भएको तथ्यांक छैन ।  चक्रपथ बाहिर भत्तपुर, थानकोट, टोखाजस्ता क्षेत्रमा दुर्घटना भएका छन् । तर, सरकारको निर्णय चक्रपथ भित्र टिपर बन्द गर्ने भन्ने आएको छ । 

यसले उपत्यकामा टिपरको कारण भएको दुर्घटनामा कमी नआएपनि देख्दै डरलाग्दा टिपरहरु भित्री सहरमा चल्ने छैनन् । 


Back_to_top