काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थको आयात ३७.५ प्रतिशतले वृद्धि भएको छ ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः कर्णाली प्रदेश इन्धन भन्डारणमा सबैभन्दा कमजोर, यस्तो छ क्षमता
अघिल्लो वर्ष जेठ मसान्तसम्ममा एक खर्ब १० अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबरको इन्धन आयात भएकोमा चालु आर्थिक वर्षमा एक खर्ब ५१ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
यस्तो छ आर्थिक वर्ष २०७३/०७४को इन्धन आयात र बिक्री
आर्थिक वर्ष २०७३/०७४ मा हवाई इन्धन, पेट्रोल, डिजेल र मट्टितेल गरी कुल १९ लाख ११ हजार पाँच सय ८६ किलोलिटर इन्धन आयात गरिएको थियो ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः कुन प्रदेशमा कति सडक ? बिस्तारमा प्रदेश ३ अगाडि
यसरी आयात भएको इन्धनमध्ये १८ लाख ८३ हजार एक सय दुई किलोलिटर इन्धन बिक्री भएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ ।
यो अवधिमा चार लाख सात सय २७० किलोलिटर पेट्रोल आयात गरिएको छ भने, चार लाख दुई हजार दुई सय ७८ किलोलिटर बिक्री गरिएको देखिएको छ ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ?
त्यस्तै, सबैभन्दा धेरै आयात भएको १३ लाख १९ हजार आठ सय ७३ किलोलिटर डिजेल आयात भएको थियो । जसमध्ये १२ लाख ९७ हजार ६६ किलोलिटर डिजेल बिक्री भएको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा एक लाख ६४ हजार ८३६ किलोलिटर हवाई इन्धन आयात गरिएको थियो भने, १९ हजार ६ सय सात किलोलिटर मट्टितेल ल्याइएको थियो ।
आयात गरिएकोमध्ये एक लाख ६४ हजार किलोलिटर हवाई इन्धन तथा १९ हजार ६ सय सात किलोलिटर मट्टितेल खपत भएको छ ।
यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।

