काठमाडौं । टीभीएस मोटर्सले अपाचे आरटीआर १६५ आरपी वेवसाइटमा लिस्टिङ गरेको छ । कम्पनीले अपाचे आरटीआर १६५ आरपीको भिडियो समेत यूट्युवमा सार्वजनिक गरेको छ ।
कम्पनीले अपाचे आरटीआर १६० फोर भीमा आधारित १६५ आरपी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीको आधिकारिक च्यानल टीभीएस अपाचे सिरिज च्यानलमा यसको भिडियो सार्वजनिक गरेको छ भने यसको केही फिचर सार्वजनिक गरेको छ ।
भिडियोमा देखिए अनुसरा यसमा आरटीएफआई टेक्नोलोजी प्रयोग गरिएको छ भने यसमा रहेको इन्जिनले अधिकतम १९.२ पीएस पावर जेनेरेट गर्छ । यसमा स्लिपर क्लच, रियरमा २४० एमएम डिस्क, कलरफुल डिस्प्ले, एड्जष्टएवल ब्रेक र क्लच लिभर जस्ता फिचर देखिएको छ ।







