इलेक्ट्रीक डर्ट बाइकको तयारी

काठमाडौं । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनले बजारमा उत्साहजनक व्यापार गर्न नसकेपनि नयाँ नयाँ स्टार्टअप कम्पनीहरुले यसमा लगानी बढाउँदै गएका छन् । स्कुटर सेग्मेन्टमा अधिकांश कम्पनीले विद्युतीय मोटरको प्रयोग सुरु गरेका छन् भने केही स्टार्टअप कम्पनीले मोटरसाइकलमा पनि काम गरिरहेका छन् ।

भारतको कोलकता वेस एसआर मोटर्सले इलेक्ट्रीक डर्ट बाइक उत्पादनमा आफुलाई केन्द्रित गरेको छ । कम्पनीले केही दिनअघि शोसल मिडियामा नयाँ डर्ट बाइकको भिडियो सार्वजनिक गर्दै यसको जानकारी दिएको हो । कम्पनीले बनाएको डर्ट मोटरसाइकललाई केटीएम ३९० एड्भेन्चरसँग प्रतिस्पर्धामा उतारेको भिडियो सार्वजनिक भएसँगै यो मोटरसाइकलले अहिले चर्चा पाइरहेको छ ।

यो मोटरसाइकल विक्रीमा आउने हो भने भारतको पहिलो इलेक्ट्रीक मोटरसाइकल बन्ने निश्चित छ । कम्पनीले यसमा प्रयोग भएको व्याट्री, मोटर लगायतका टेक्नीकल पक्षको विषयमा कुनै जानकारी दिएको छैन ।


Back_to_top