परीक्षणको क्रममा देखियो हस्कभर्नाको इलेक्ट्रीक स्कुटर

काठमाडौं । बजाज चेतक भारतीय बजारमा विक्री हुने सबैभन्दा लोकप्रिय इलेक्ट्रीक स्कुटर रहेको छ । यूनिटका आधारमाभन्दा पनि ब्रान्ड र विश्वासका कारण चेतक सबैको पहिलो रोजाइको स्कुटर रहेको छ ।

बजाजकै ग्लोबल पार्टनर हस्कभर्नाले बजाज चेतकमा आधारित इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०१९ मा नै इलेक्ट्रीक स्कुटर ल्याउने घोषणा गरेको थियो ।

हालै मात्र बजाजको पुने प्लान्ट नजिकै हस्कभर्नाको इलेक्ट्रीक स्कुटर परीक्षणको क्रममा देखिएको छ । केही दिन अघि मात्रै बजाजले पुनेको अकुर्डी भन्ने स्थानमा बजाजको इलेक्ट्रीक प्लान स्थापना गर्ने घोषणा गरेको थियो ।

चेतकमा दिइएको यसमा पनि जस्तै ४ किलोवाटको मोटर र ३ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्रयोग गरिने अनुमान रहेको छ । चेतकको टप स्पीड ४५ किलोमटर प्रतिघण्टा छ भने ९५ किलोमिटर रेन्ज रहेको छ ।

यसमा इन्स्ट्रुमेन्ट कन्सोलसँगै स्मार्टफोन कनेक्ट, एलइडी लाइट र अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक जस्ता फिचर उपलब्ध हुनेछ । यो स्कुटरमा उपलब्ध अधिकांश विशेषता, चेतकसँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ ।


Back_to_top