काठमाडौं । क्रसफायर तथा इटालीका ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता क्लासीक ह्वील इम्पोर्ट एण्ड एक्सर्पोटले डिलरसिप आह्वान गरेको छ । कम्पनीले विभिन्न ७ सहरका लागि डिलर माग गरेको हो ।
कम्पनीले क्रसफायर मोटरसाइकलको नेपाली बजारमा बढ्दो लोकप्रियताका कारण देशेको विभिन्न स्थानहरूमा डिलर माग गरेको जनाएको छ । कम्पनीका अनुसार ग्राहकको माग अनुसार पूर्वमा बर्दिवास, हेटौंडा र पश्चिममा चितवन, दाङ, दमौली, कोहलपुर, सुर्खेत, धनगढीका लागि डिलर आह्वान गरेको हो ।
यी स्थान बाहेकका स्थानमा पनि आवश्यकता अनुसार डिलर दिन सकिने क्लासीक ह्वीलले जनाएको छ । क्रसफायरको डिलर लिन चाहानेले क्रसफायरको वेबसाइट मा गएर फारम भनुपर्ने हुन्छ । उक्त फारम डाउनलोड गरेर इमेलमार्फत वा सिधै क्रफायरको अफिस भिजिट गरेर पनि फारम बुझाउन सकिने कम्पनीले उल्लेख गरेको छ ।
क्रसफायरको तीन मोडल हाल नेपाली बजारमा विक्री हुँदै आएको छ । कम्पनीले क्रसफायर आरए २५०, एचजे २५० र ट्रेकर २५० विक्री गरिहेको छ । त्यस्तै इटालीका ब्राण्डको इटालीका फर्मूला १५० स्कुटर विक्री गरिरहेको छ ।


