यामाहा एमटी १५ को २०२२ भर्सन सार्वजनिक हुँदै, यस्ता छन् नयाँ फिचर

सांकेतिक तस्वीर

काठमाडौं । यामाहाको चर्चित इन्ट्री लेवल पर्फमेन्स मोटरसाइकल एमटी १५ को २०२२ भर्सन सार्वजनिक हुने भएको छ । कम्पनीले २०२२ भर्सनमा धेरै फिचरहरु थप गरेर ल्याउने भएको हो ।

कम्पनीले यामाहा एमटी १५ को २०२२ भर्सनमा यामाहाको नयाँ मोटरसाइकल आर १४ भी ४ मा जस्तै धेरै फिचर दिने अनुमान गरिएको छ ।

यामाहा एमटी १५ मा थप हुने फिचर मध्य यसको कन्सोल हुनेछ । यसमा ब्लुटुथ बेस कनेक्टिभिटी फिचर रहने छ । कम्पनीले हालै मात्र आर १५ भी ४ मा समेत यसको प्रयोग गरेको छ । आर १५ भी ४को कन्सोलमा ट्रयाक्सन कन्टोल अन÷अफ, गियर पोजिसन, गियर सिफ्टिङ टाइमिङ, राइडिङ मोड, ल्याप टाइमिङ, एभरेज माइलेज, एभरेज स्पीड, इन्जिन टेम्प्रेचर जस्ता जानकारी पाउन सकिन्छ ।

चालकले आफ्नो स्मार्ट फोनलाई वाई कनेक्ट एपमार्फत कनेन्ट गर्न सक्नेछन् । यसमा कल अर्लट, एमएमएस अर्लट, इमेल नोटिफिकेसन, ब्याट्री लेभल, एप कनेक्टिभिटी स्टाटस जस्ता फिचर उपलब्ध रहेको छ ।

वाइ कनेक्टमार्फत फ्युल खपत ट्र्याकिङ, लास्ट पार्किङ लोकेसन, रेभ ड्यासबोर्ड, मालफङ्सन नोटिफिकेशन, सर्भिस अर्लट, राइड एनालाइटिक जस्ता जानकारी पाउन सकिन्छ ।

त्यस्तै अर्को मुख्य फिचरको रूपमा यसमा यूएसडी फर्क हुने अनुमान गरिएको छ । हाल यसको फ्रन्टमा स्टान्डर्ड टेलिस्कोपिक फर्क र रियरमा मोनोक्रस सस्पेन्सन रहेको छ । त्यस्तै अर्को फिचरको रूपमा डबल च्यानल एबीएस हुने अनुमान गरिएको छ । हाल यसमा सिंगल च्यानल एबीएस दिइएको छ ।

यसमा कुनै मेकानिकल परिर्वतन भने हुने छैन् । एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड ४ भल्भ भीभीए इन्जिन दिइएको छ । यसले १८।५ पीएस पावर तथा १३।९ एमएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।

२०२२ भर्सन यामाहा एमटी १५ को मूल्य भारतीय बजारमा १० हजार रुपैयाँ वृद्धि हुने अनुमान गरिएको छ ।


Back_to_top