रोल्स रोयल्सको विक्रीमा नयाँ रेकर्ड

काठमाडौं । विश्व कार बजारमा धेरै कम्पनीले मन्दीको मार खेपेको भएपनि वेलायती लग्जरी कार कम्पनी रोल्स रोयल्सको लागि भने अहिलेसम्मकै ठूलो सफलता हात लागेको छ । कम्पनीले आफ्नो ११७ वर्षको इतिहासमा सबैभन्दा धेरै यूनिट गाडी सन् २०२१ मा विक्री गर्न सफल भएको छ ।

विश्व नै कोभिड १९ को संक्रमणसँग जुधिरहेको भएपनि रोल्स रोयल्सको माग उच्चगतिमा वृद्धि भइरहेको छ । कम्पननीले सन् २०२१ म विश्वभर ५ हजार ५८६ यूनिट गाडी विक्री गरेको हो । यो आँकडा अघिल्लो वर्षको तुलनामा १ हजार ८३६ यूनिटले बढि हो ।

बढ्दो मागलाई सम्बोधन गर्न रोल्स रोयसले गुडउड स्थीत प्लान्टमा दोस्रो सिफ्ट समेत चलाई रहेको छ । रोल्स रोयल्सको सबैभन्दा बढि माग घोस्ट मोडलको छ । जुन सेडान कार हो । त्यसपछि फ्यान्टम र कुलीनानको माग देखिन्छ । रोल्स रोयल्सले विश्वव्यापी रुपमा बढ्दै गएको इलेक्ट्रीक मोटरको मागलाई ध्यानमा राख्दै आगामी वर्ष पहिलो इलेक्ट्रीक कार ‘द स्पेक्ट्रा’ समेत लन्च गर्ने भएको छ ।

कम्पनीले स्पेक्ट्राको सडक परिक्षण गरिरहेको खवरहरु बाहिर आएका छन् । रोल्स रोयसले आफ्नो पहिलो इभीलाई २० लाख किलोमिटरसम्म टेष्ट गर्ने जनाएको छ ।

रोल्स रोयल्सका कारहरु पूर्णतया हातबाटै बनाइने हुँदा यसको उत्पादन अन्य अटोमेटेड प्लान्टको उत्पादन भन्दा एकदमै समय लाग्ने हुने गरेको छ । रोल्स रोयल्सले ग्राहकको स्टाटसका साथै फेमीली व्याकग्राउण्ड हेरेर कार विक्री गर्ने भनाई अटो क्षेत्रमा सुन्न पाइन्छ ।


Back_to_top