तीन नयाँ मोटरसाइकल सार्वजनिक, चाँडै नेपाल आउने

काठमाडौं । भारतीय व्यवसायीक समूह महिन्द्रा एण्ड महिन्द्राको लागानी रहेको क्लासिक मोटरसाइकल उत्पादक ब्राण्ड येज्दीले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले आज भारतमा स्क्रायम्बलर, क्रुजर र एड्भेन्चर गरी तीन मोडल सार्वजनिक गरेको हो ।

लामो सयम बन्द रहेको येज्दीलाई महिन्द्राले खरिद गरेर मोटरसाइकल उत्पादन गरेको हो । महिन्द्राले जावा, येज्दी र बीएसए ब्राण्ड किनेको थियो । जावा ३ वर्ष पहिला नै उत्पादन सुरु भएर अहिले नेपालमा पनि विक्री हुँदै आएको ब्राण्ड हो ।

येज्दी ल्याएका यी तीनवटै मोडलको मूल्य १ लाख ९८ हजारदेखि २ लाख १९ हजार भारु तोकिएको छ । कम्पनीले सबैभन्दा कम मूल्य क्रुजर डिजाइनको राखेको छ । सबैभन्दा महंगो एड्भेन्चर मोडल हो ।

कम्पनीले यी तीनवटै मोडलमा समान ३३४ सीसी क्षमताको सिंगल सिलिण्डर, डिओएचसी, लिक्वीडकुल्ड इन्जिन दिएको छ । तर, कम्पनीले मोडल अनुसार यसको ट्यूनिङ गरेर फरक पावर दिएको छ ।

यी मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी इन्डिकेटर, ह्याण्डलबार नजिक दिइएको यूएसबी पोर्ट, दुबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर उपलब्ध रहेका छन् ।

भारतीय बजारमा कम्पनीले जावाकै शोरुमबाट यसको विक्री गर्ने भएको छ । नेपाली बजारमा समेत जावाको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नी मोटो इंकले येज्दी नेपाल ल्याउने छ ।


Back_to_top