राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न हिडेका प्रदेश सभा सदस्यको गाडी दुर्घटना

काठमाडौं । आज भइरहेको राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सदस्य दुर्घटनामा परेका छन् ।

प्रदेश सभा सदस्य तुलसी चौधरी चढेको स्कर्पियो विपरित दिशाबाट आएको ट्रकसँग ठोक्कीएको थियो । दुर्घटनामा चौधरीलाई सामान्य चोट लागेको जनाइएको छ ।

चौधरी चढेको बा २ झ ३४४४ नम्बरको स्पकर्पियो गाडी ट्रकसँग ठोकिएर दुर्घटनामा परेको थियो ।


Back_to_top