काठमाडौं । टीभीएसले दशैं तिहार केन्द्रीत ‘६ प्राइजको सरप्राइज’ अफर योजनाको बम्पर लक्की ड्र घोषणा गरेको छ । आधिकारीक वितरक जगदम्बा मोटर्सले हिजो बेलुका ५ बजे हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत विजेता घोषणा गरेको हो ।
उक्त लक्की ड्रमा भक्तपुर सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन् । मानन्धरले यो स्कीममा एनटर्क १२५ आरटीएफआई स्कुटर किनेका थिए ।
मानन्धरले किनेको स्कुटरको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ थियो । तर, उनले बम्पर उपहारमा करिब ४३ लाख रुपैयाँ पर्ने प्रोटोन सागा कार जितेका छन् ।
यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएसको वेबसाइटमा गएर १ लाखसम्म र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने व्यवस्था थियो। यति मात्र नभएर दैनिक एक थान रियलमी सी२० स्मार्टफोन पनि ग्राहकको लागि उपहार जित्न सफल भएका थिए ।
साथै, ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याक र हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर दिएको थियो ।

