३० प्रतिशत बढ्यो नयाँ BMW iX3 को रेन्ज, १० मिनेटमै ४०० किमी रिकभर

काठमाडौं । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले नयाँ बीएमडब्लू आइएक्स थ्री लङ ह्वीलबेस संस्करणको ऊर्जा खपत र प्राविधिक विवरणहरू सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नयाँ आइएक्स थ्री लङको रेन्ज ३० प्रतिशत बढेर आएको हो । यो गाडीले प्रति १०० किमीमा १३.६ किलोवाट आवर मात्र ऊर्जा खपत गर्छ गर्दै ९१९ किमीको प्योर इलेक्ट्रीक रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

अत्याधुनिक ब्याट्री प्रविधि, आधुनिक डिजिटल इन्फोटेन्मेन्ट र फास्ट चार्जिङ क्षमताका साथ आएको नयाँ आइएक्स थ्रीले प्रिमियम इलेक्ट्रीक क्रसओभर सेग्मेन्टमा नयाँ मानक कायम गरेको छ ।

अधिकतम कुल ४७७ हर्ष पावर शक्ति दिने नयाँ आइएक्स थ्री डीसी फास्ट चार्जिङमार्फत मात्र १० मिनेटमा ४०० किमीको रेन्ज रिकभर गर्न सक्छ । गाडीको पावर र च्यासिसको सन्तुलनलाई बीएमडब्लूको ड्राइभिङ कन्ट्रोल सुपर ब्रेनले मिलिसेकेण्ड स्तरमै नियन्त्रण गर्दछ ।

 

नयाँ बीएमडब्लू आइएक्स थ्रीले नयाँ पुस्ताको डिजाइन भाषा अपनाएको छ। अगाडिको भागमा थ्रडी इल्युमिनेटेड ग्रिल र एकीकृत लाइट समूहहरू छन् । जसले डिजिटल एन्जिल आई प्रभाव सिर्जना गर्छन्।

चिनियाँ उपभोक्ताहरूका लागि विशेष रूपमा तयार पारिएको साइड प्रोफाइलमा क्लासिक होफमाइस्टर किंकुको सट्टा चीन विशेष मिरर लाइट कर्नर राखिएको छ। यो गाडीमा सेमी हिडन इलेक्ट्रीक ढोकाका ह्यान्डलहरू छन् । जसमा इलेक्ट्रीक र फिजिकल खोल्ने सुविधा र ट्रिपल सेफ्टी रिडन्डेन्सी संयन्त्र रहेको छ।

पछाडिको भागमा थ्री डी फेदर टेललाइटहरू र अप्टिमाइज गरिएको रियर स्पोइलर छ। ग्राहकहरूले मिनरल व्हाइट, पोलर डे ग्रे, र फ्लेम रेडसहित नौ वटा बडी रङहरूबाट रोज्न सक्छन्।

यसको लम्बाइ ४,८८५ एमएम, चौडाइ १,८९५ एमएम, उचाइ १,६३५ एमएम र ३,००५ एमएमको ह्वीलबेस रहेको छ।

भित्री क्याबिनमा चार वटा रङ योजनाहरू उपलब्ध छन्। मुख्य अपग्रेड बीएमडब्लूको प्यानोरामिक आइ ड्राइभ इन्टेलिजेन्ट सिस्टम हो । जसमा प्यानोरामिक भिजन ब्रिज र थ्रीडी हेड अप डिस्प्ले समावेश छ । अल्ट्रा सर्ट थ्रो प्रोजेक्सन प्रविधिको प्रयोग गरिएको छ । जसले विन्डस्क्रीनमा झन्डै ४० इन्चको फोरके हाइडेफिनेसन प्यानोरामिक डिस्प्ले प्रोजेक्ट गर्दछ ।

सेन्टर कन्सोलमा १७.९ इन्चको हाइडेफिनेसन टचस्क्रीन छ । जुन चालकको सहजताका लागि १७.५ डिग्री तिर ढल्किएको छ। इन्फोटेनमेन्ट सिस्टम चिनियाँ इकोसिस्टममा एकीकृत गरिएको छ । जसले हुवावे हाइकार र एप्पल कार प्लेलाई सपोर्ट गर्छ । भ्वाइस कन्ट्रोल र स्मार्ट अन्तरक्रियाका लागि यसमा अलिबाबाको एलएलएम र डिपसिकको एआइ तर्क क्षमता प्रयोग गरिएको छ ।

यसमा बीएमडब्लू र मेमेन्टा संयुक्त रूपमा विकसित गरेको स्मार्ट ड्राइभिङ सिस्टमले स्थानीय सडक परिस्थिति अनुकूल एण्ड टु एण्ड एआइ मोडल प्रयोग गरिएको छ । यसले सहरी सडक तथा राजमार्गहरूमा एडप्टिभ क्रुज कन्ट्रोल र स्वचालित खतरा न्यूनीकरणको सुविधा प्रदान गर्दछ ।

अगाडिको यात्रु सिटमा अब इलेक्ट्रीक रूपमा मिलाउन सकिने लेग रेस्ट समावेश गरिएको छ। पछाडिका सिटहरूलाई राम्रो अर्गोनोमिक सपोर्टका लागि बाक्लो र लामो बनाइएको छ, जसलाई प्यानोरामिक एकीकृत घामबाट जोगाउने छानाले पूर्णता दिएको छ । यसमा अगाडि र पछाडिका ट्रंकहरूको संयोजनले अधिकतम १,९०० लिटरसम्म बढाउन सकिने स्टोरेज क्षमता छ ।

नयाँ बीएमडब्लू आइएक्स थ्री छेङ्दु अटो शोबाट प्रि-सेल सुरू हुने अपेक्षा गरिएको छ । यस वर्षको चौथो त्रैमासिकबाट आधिकारिक डेलिभरी सुरू हुनेछ ।


Back_to_top