उपत्यकामा थपियो बजाजको अत्याधुनिक सर्भिस सेन्टर, ५५ मिनेटमै सर्भिसिङ

काठमाडौं । बजाजले उपत्यकामा नयाँ अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।

कम्पनीले आफ्नो सेवालाई अझै चुस्त बनाउन सर्भिस र स्पेयर पार्ट्सको सुविधा सहितको सर्भिस सेन्टर संचालनमा ल्याएको हो । मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सेवा दिने र ५५ मिनेटमा नै एउटा मोटरसाइकलले सर्भिस सुविधा पाउने छन् ।

एक दिनमा ८० भन्दा बढी मोटरसाइकलले यहाँबाट सर्भिसिङको सुविधा लिन सक्ने कम्पनीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top