जावाले ल्यायो बीएस ६ मोटरसाइकल, बढ्यो मूल्य (नयाँ मूल्यसूची सहित)

काठमाडौं । अग्नि मोटोइंकले जावा मोटरसाइकलको बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले जावा फोर्टी टू र जावाको बीएस ६ भर्सनको नेपालमा विक्री सुरु गरेको हो ।

कम्पनीले यस अघि नै जावा पेराक बीएस ६ विक्री गर्दै आएको छ ।

यसअघि विक्री हुँदै आएको जावाका बीएस ४ को तुलनामा बीएस ६ भर्सनमा मूल्यसमेत वृद्धि भएको छ । बीएस ६ भर्सनमा आएको जावा सिंगल च्यानल एबीएसको मूल्य ५६ हजार ५०० रुपैयाँ र डबल च्यानल एबीएसको मूल्य ५९ हजार ५०० रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै जावा ४२ को सिंगल च्यानल एबीएसको मूल्यमा ५३ हजार रुपैयाँ र डबल च्यानल एबीएसमा ५६ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।

त्यस्तै जावा पेराकमा भने ७० हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।

कम्पनीले जावा बीएस ४ को सिंगल च्यानल एबीएस मोडको मूल्य ६ लाख ४८ हजार ५०० रुपैयाँ विक्री गर्दै आएको थियो भने डबल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५०० रुपैयाँमा विक्री गर्दै आएको थियो । जावा बीएस ६ सिंगल च्यानलको मूल्य ७ लाख ५ हजार र डबल च्यानलको मूल्य ७ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै जावा ४२ को बीएस ४ सिंगल च्यानल एबीएसको मूल्य ६ लाख २० हजार र डबल च्यानलको मूल्य ६ लाख ४८ हजार रुपैयाँ रहेको थियो । बीएस ६ भर्सनमा आउँदा जावा ४२ को सिंगल च्यानलको मूल्य ६ लाख ७३ हजार रुपैयाँ र डबल च्यानलको मूल्य ७ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

यसअघि ७ लाख ५० हजारमा विक्री भइरहेको जावा पेराकको मूल्य हाल ८ लाख २० हजार रुपैयाँ पुगेको छ ।


Back_to_top