चिनियाँ मोटरसाइकल ब्राण्ड जोङ्गसेनले RX1S मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोटरसाइकल निकै आकर्षक डिजाइनमा देखिएको हो ।
जोङ्गसेनको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल RX1S मा दिइएको निलो र सिलभर कलरको कम्बीनेस निकै उत्कृष्ट देखिएको छ । यस मोटरसाइकलमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २४.४ पीएस पावर र २१ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सले RX1S लाई लामो यात्रा गर्न उत्कृष्ट बनाएको छ । दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल एबीएस उपलब्ध मोटरसाइकलमा हेलोजीन हेडल्याम्प, अग्लो विन्ड स्कृन, १४ लिटरको इन्धन ट्याङ्क, अपस्वीप्ट एग्जस्ट, १७ इन्चको अलो ह्वील जस्ता फिचर उपलब्ध रहेका छन् ।
जोङ्सेनका उत्पादन नेपाली बजारमा पनि विक्री वितरण सुरु भइसकेको छ । यस्तोमा नेपालमा बढ्दो एड्भेन्चर मोटरसाइकलको बजार रहेकाले RX1S मोडल नेपाल आउन सक्ने देखिन्छ ।


