नेपाल आयो फिचर लोडेड नयाँ एसयूभी, कति पर्ला मूल्य

काठमाडौं । एकपछि अर्को एसयूभी नेपाल आउने क्रम जारी रहेको छ । यही क्रममा मलेशियन ब्राण्ड प्रोटोनले आफ्नो दोस्रो एसयूभी नेपाल ल्याएको हो ।

जगदम्बा मोटर्सले नेपाल ल्याएको प्रोटोन एक्स ५० निकै प्रिमियम फिचर लोड भएर आएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको एक्स ७० भन्दा केही सानो साइजमा ‘एक्स ५०’ उपलब्ध रहेको छ ।

कम्पनीले नेपाल ल्याएको नयाँ एसयूभी एक्स ५० को मूल्य ६५ लाखदेखि ८५ लाखसम्म पर्ने अनुमान गरिएको छ । जगदम्बा मोटर्सले अबको केही दिनमा नै यसको आधिकारी विक्री सुरु गर्ने जनाएको छ ।

विशेषत सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स ५० मा ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी), एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर दिइएको छ ।

कम्पनीले यस १.५ लिटर टिजिडीआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १७७ पीएस पावर र २५५ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । चालकले स्टेरिङ मोड र ड्राइभ मोड छनोट गर्न सक्ने छन् ।

एक्स ५० मा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषता पाउन सकिन्छ ।


Back_to_top