काठमाडौं । मोरिस ग्यारेज (एमजी) विद्युतीय कार उत्पादनमा निकै आक्रमक हुने देखिएको छ । कम्पनीले आगामी अप्रिलमा इलेक्ट्रीक ह्याचव्याक सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले अप्रिलमा नयाँ ह्याचव्याकको कन्सेप्ट सार्वजनिक गर्ने छ भने चीनमा सन् २०२२ कै अन्तिमबाट यसको विक्री वितरण सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सन् २०२३ बाट मात्रै उपलब्ध हुने जनाइएको छ ।
एमजीको साइबर कन्सेप्टमा आधारित रहेर तयारी भइरहेको यो ह्याचव्याक कारमा थुप्रै आधुनिक फिचर उपलब्ध हुने अनुमान गरिएको छ । अहिले एमजीले बनाइरहेको सानो ह्याचव्याक कार एमजी–३लाई यो नयाँ ह्याचव्याकले प्रतिस्थापन गर्ने अनुमान गरिएको छ ।
कम्पनीले यसमा उपलब्ध हुने व्याट्री, मोटर लगायतका विषयमा कुनै जानकारी दिएको छैन । यद्यपी नयाँ ह्याचव्याक कारले एक पटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्ने अनुमान गरिएको छ ।


