टाटा नानाेको इलेक्ट्रीक भर्सन, २०० किलोमिटर रेन्ज !

काठमाडौं । टाटा मोटर्सको बहुचर्चित कार नानोको इलेक्ट्रीक भर्सन तयार भएसँग रतन टाटालाई हस्तान्त्रण गरिएको छ । रतन टाटाले विद्युतीय सवारी विकासमा काम गर्न स्थापना गरेको इलेक्ट्रा इभीले यसलाई बनाएको हो ।

टाटाले सन् २००८ देखि २०१५ सम्म भारत र नेपालमा विक्री गरेको नानोको डिजाइनमा नै तयार भएको यो इभीमा ७२ भोल्ट इलेक्ट्रीक पावर ट्रेन प्रयोग गरिएको छ । यसलाई कम्पनीले १६.६ देखि २१.६ किलोवाट आवरको व्याट्री प्याक दिएको छ । यसले एक पटकको फुल चार्जमा अधिकतम २०० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

टाटाले यसमा दिएको व्याट्री निकै सुरक्षित रहेको जनाएको छ । त्यसको लागि आइपी७६ प्रोटेक्सन, हिटिङ÷कुलिङ यूनिट र व्याट्री म्यानेजमेन्ट सिस्टम यसमा दिएको छ ।

यसरी पुरानो आईसी इन्जिन गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गरेर विद्युतीय गाडीको विक्री बढाउने योजना सहित इलेक्ट्रा इभीले काम गर्ने जनाइएको छ ।


Back_to_top