फोटो र भिडियोमा फोर्स गुर्खा

काठमाडौं । फोर्स मोटर्सको गुर्खा अफरोड एसयूभी पोखरा आसपासको क्षेत्रमा देखिएको छ । यसअघि नै नेपाल आएको गुर्खा अहिले विभिन्न स्थानमा परिक्षण चलिरहेको आधिकारीक वितरक हिमालयन अर्गनाइजेशनले जनाएको छ ।

अफरोड र एड्भेन्चर ट्राभलको लागि उपयोगी गुर्खा मार्चको दोस्रो हप्ताबाट विक्री सुरु हुने यसअघि नै कम्पनीले जनाएको थियो । मर्सिडिजको इन्जिन र प्लेटफर्ममा बनेको फोर्स गुर्खाको नयाँ जेनेरेशन मोडलमा नयाँ हेडल्याम्प, रिडिजाइन बम्पर, नयाँ ग्रिल, नयाँ टेलल्याम्प, नयाँ डिजाइनको ह्वील जस्ता फिचर समावेस गरिएको छ ।

बल्की डिजाइन, टु ह्वील र फोर ह्वील ड्राइभ सिस्टम, मर्सिडिजको २.६ लिटर डिजेल इन्जिन, सुरक्षाको लागि एयरव्याग, एबीएस, इबीडी, रिभर्स पार्किङ सेन्सर पाउन सकिन्छ ।


Back_to_top