काठमाडौं । बजाजको एनएस सिरिजमा नयाँ भेरियन्ट थप भएको छ । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १६० मा नयाँ भेरियन्ट थप गरेको हो ।
यसअघि एबीएस भर्सनमा मात्र विक्री भइरहेको एनएस १६० को डबल डिस्क भेरियन्ट थप भएको हो । बजाज पल्सर एनएस १६० गत वर्षदेखि एबीएस भर्सन मात्र विक्री भइरहेको थियो । हाल कम्पनीले नयाँ कलर भर्सनमा डबल डिस्क
भेरियन्टको विक्री सुरु गरेको हो ।
यसअघि नेपाली बजारमा विक्री हुने एबीएस फिचर युक्त एनएसको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ भने, नयाँ ल्याएको डबल डिस्क नन् एबीएस भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।
पल्सर एनएस १६० मोटरसाइकलमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।
बाइकमा १७ इन्च अलोय ह्वील दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक, १६७ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक सस्पेन्स यसमा पाउन सकिन्छ ।

