४०० किलोमिटर रेन्ज भएकाे एसयूभी नेपाल ल्याउँदै बीवाइडी

काठमाडौं । विभिन्न कम्पनीहरुले बनाउने कारलाई केही न केही थिममा रहेर बनाउने गरेका छन् । बीवाइडीले पनि अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागेको ‘एस टु प्लस’ मोडल फिटनेश र म्यूजिकमा आधारित भएर तयार गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा बीवाइडी एस टु प्लसले अहिले निकै धेरै चर्चा पाइरहेको छ । कम्पनीले यसमा डम्बेल जस्तो लाग्ने एसी भेन्ट, मस्कुलर ड्यासबोर्ड, क्याविनको डोर ह्याण्डल पनि फिटनेश किटबाट प्रेरित रहेर तयार गरेको छ ।

बन्जीमा प्रयोग गरिने डोरीको थिम यसको स्पीकर दिइएको छ । त्यहाँ दिइएको तीनवटा डोरीले गितारको जस्तै फरक साउन्ड प्रदान गर्छ । यसको ढोकामा दिइएको स्पीकरमा कलात्मक रुपले ढोका खोल्ने बटम दिइएको छ ।

बीवाइडीले यसको क्याविनमा दिएका हरेक बटमदेखि फिचरसम्म स्पोर्टस्बाट प्रेरित भएर तयार गरेको छ । बीवाइडीको ड्रागन फेस ३.० प्लेटफर्ममा तयार भएकोले सिट, ड्यासबोर्ड, अगाडिको फेसिकादेखि पछाडिको भागसम्म ड्रागन फेस देखाउन खोजिएको छ ।

स्पोर्टी स्टेरिङ ह्वील, ५ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, आफ्नो इच्छा अनुसार घुमाउन मिल्ने १५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर, एडप्टीभ क्रुज कन्ट्रोल जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले नेपाल ल्याउने तयारी गरिरहेको यो कार ४०० किलोमिटर माथिको रेन्जमा उपलब्ध हुनेछ । कम्पनीको लेटेष्ट ब्लेड व्याट्रीको साथ आउने यो क्रसओभर कार निकै प्रतिक्षित मोडल पनि हो ।


Back_to_top