नयाँ सेलेरियोसँगै नारायणी अटो बिजनेशको ‘नयाँ शोरुम’ संचालनमा

काठमाडौं । मारुती सुजुकीको फ्यामली कार नयाँ जेनेरेशन सेलेरियोसँगै नारायणी अटो बिजनेश ग्रुपले बालकुमारीमा रहेको आफ्नो शोरुमलाई नयाँ अवतारमा लन्च गरेको छ ।

नयाँ सेलेरियोसँगै नयाँ शोरुमको उद्घाटन कम्पनीका अध्यक्ष नीलम बराल र म्यानेजिङ डाइरेक्टर अनुप बरालले संयुक्त रुपमा गरेका हुन् ।

विगत लामो समयदेखि संचालनमा रहेको शोरुमलाई आधुनिक डिजाइन सहित ‘स्टेट अफ आर्ट शोरुम’को रुपमा विकास गरिएको कम्पनीका एमडी अनुप बरालले जानकारी दिए ।

आजबाटै आधिकारीक रुपमा नेपालमा विक्री सुरु भएको मारुती सुजुकी सेलेरियो पहिलेभन्दा फरक हार्टटेक प्लेटफर्ममा बनेको हो । पुरानो स्क्वायर सेपको टलव्वाय डिजाइनलाई प्रतिस्थापन गरी नयाँ सेलेरियो राउण्ड सेपको डिजाइनमा आएको छ ।

साइजमा पनि बढ्ढोत्तरी भएको सेलेरियो ५५ एमएम चौडाई, १० एमएम लम्बाई र ५ एमएम ग्राउन्ड क्लिेयरेन्स बढेर आएको हो । सुजुकीको १.० लिटरको नेचुरल्ली एस्पीरेटेड ड्यूल जेट पेट्रोल इन्जिन रहेको सेलेरियो उच्च माइलेजको लागि परिचित मोडल हो ।

नयाँ सेलेरियोमा एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने ७.० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । टप भेरियन्टमा स्टार्ट/स्टप बटम, स्मार्ट कि, स्टेरिङ माउण्टेड अडियो कन्ट्रोल र एनलग इन्टुमेन्ट क्लस्टर रहेको छ ।

सुरक्षाका लागि अगाडि दुबै साइडमा एयरव्याग, इबीडी सहितको एबीएस ब्रेकिङ, ब्र्रेक असिस्ट, रिभर्स पार्किङ सेन्सर तथा रिभर्स क्यामरा तथा सेग्मेन्टमै पहिलो हिल होल्ड असिस्ट यसमा पाउन सकिन्छ ।

नयाँ जेनेरेशन सेलेरियो भीएक्सआई, जेडएक्सआर र जेडएक्सआइ प्लसगरी तीन भेरियन्टमा उपलब्ध रहेको छ । जसको मूल्य २७ लाख ९९ हजारदेखि ३१ लाख ९९ हजार रुपैयाँसम्म कायम गरिएको छ ।


Back_to_top