हुन्डाइ क्रेटाको बेसमा बनेको किया इभी केएक्सथ्री टेस्टको क्रममा देखियो

पछिल्लो समय सबैभन्दा ठूलो विद्युतीय सवारी बजार चीन भएको छ । चीन सरकारले विद्युतीय सवारीलाई निक्कै महत्व दिइ रहेको छ । प्रदूषण नियन्त्रणका लागि चीनले यस्तो नीति लिएको बताइएको छ ।

नयाँ स्टार्ट-अप कम्पनी जो चीनमा आधारित छन् उनीहरुले विद्युतीय सवारीलाई नै मुख्य प्राथमिकता दिएका छन् । यसका साथै विश्वका ठूलो सवारी उत्पादक कम्पनीहरु पनि विद्युतीय सवारी सार्वजनिक गर्ने होडमा रहेको छन् ।

यस्तैमा दक्षिण कोरियाली कार उत्पादन कम्पनी कियाले कम्प्याक्ट एसयुभी केएक्सथ्री इभी सार्वजनिक गर्ने तयारी गरेको छ । किया केएक्सथ्री हुन्डाइ क्रेटाको प्लेटफर्ममा बनाइने छ जुन २०१५ मा सार्वजनिक भएको थियो ।

किया केएक्सथ्री पहिलो पटक सार्वजनिक सडकमा देखिएको छ । केएक्सथ्री केही परिमार्जन गरि इभी मोडलमा ल्याउन लागेको देखिन्छ । यो कारमा प्रोजेक्ट हेडल्याम्प सहितको इन्टिग्रेटेड डीआरएल, नयाँ एलो ह्वील रहेको छ ।

नयाँ इभीमा ७ इन्च टच स्क्रिन, क्लाइमेट मन्ट्रोल लेदर सिट, क्रुज कन्ट्रोल लगायत विशेषता रहेका छन् । किया केएक्सथ्रीमा लिथिएम-इओन ब्याट्रि सहित ४५.२ केडब्लूएच पावर हुने अनुमान गरिएको छ । यसमा भएको इलेक्ट्रिक मोटरले १ सय ११ पीएस पावर दिने छ । यो गाडीको अधिकतम स्पिड १ सय ५० किलोमिटर प्रतिघण्टा हुनेछ । त्यस्तै कम्पनीले निरो इभीमा भने ३ सय ८५ किलोमिटर रेन्जमा समेत उपलब्ध गराउने अनुमान गरिएको छ ।

निरो इभीमा दुई व्याट्रि प्याक हुने छन्, पहिलाेमा ६६ केडब्लूएचको शक्तिशालि व्याट्रि हुने छ जसले ३ सय ७९ केएम रेन्ज र अर्को ३२ केडब्लूएचको व्याट्रिप्याक हुने र यसले २ सय ४१ किमि रेन्जको हुनेछ । किया केएक्सथ्रीमा एयस ब्याग, एबीएस, इएसपी, पेडेस्टेरियन प्रोडक्सन सिस्टिम लगायत धेरै सुरक्षा फिचर रहेका छन् । यो संगै हुन्डाइले पनि क्रेटाको प्लेटफर्ममा इभी बनाएको हुनसक्ने अनुमान समेत गरिएको छ । कियाको यो मोडल संगै हुन्डाइले नेक्स्ट जेनेरेसन मेडल ल्याउन सक्छ । आगामी वर्ष हुन्डाइले कोना इभी भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।


Back_to_top