स्कोडा ‘स्लाभिया’ सार्वजनिक, र्‍यापीडभन्दा निकै महंगो

काठमाडौं । स्कोडाले भारतीय बजारमा नयाँ सेडान कार स्लाभिया सार्वजनिक भएको छ । कम्पनीले आफ्नो चर्चित सेडान र्‍यापीडलाई रिप्लेस गर्दै स्लाभिया बजारमा ल्याएको हो ।

र्‍यापीडको स्थानमा आएको भएपनि स्लाभिया निकै महंगो हुने देखिएको छ । नेपालमा र्‍यापीड ३५ लाख सुरुवाती मूल्यमा नै उपलब्ध रहेको भएपनि स्लाभियाको सुरुवाती मूल्य ५० लाख हुने अनुमान गर्न सकिन्छ । मार्च अन्तिमसम्ममा स्लाभिया नेपाली बजारमा आउने छ ।

र्‍यापीडमा जस्तै समान १.० लिटर टीएसआई पेट्रोल इन्जिनमा उपलब्ध स्लाभियामा रहेको थ्रि सिलिण्डर टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । एक्टीभ, एम्वीसन र स्टाईल भेरियन्टमा लन्च भएको स्कोडामा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध छ ।

फक्सवागेन टाइगुन र स्कोडा कुशक जस्तै स्लाभिया पनि ‘एमक्यूबी एजीरो आइएन प्लेटफर्म’मा बनेको कार हो । ४ हजार ५४१ एमएम लम्बाई, १ हजार ७५२ एमएम चौडाई तथा १ हजार ४८७ एमएम उचाइ भएको स्कोडा स्लाभियामा २ हजार ६५१ एमएमको ह्वीलवेस रहेको छ । यो कारमा ५२१ लिटरको बुटस्पेस पाउन सकिन्छ ।

डिउलटोन इन्टेरियर रहेको स्कोडा स्लाभियामा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । सनरुफ, वायरलेस चार्जर, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीकि क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, ६ वटा एयरव्याग, टीपीएमएस, इएससी, इडिएस जस्ता आधुनिक फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top