काठमाडौं । स्कोडाले आफ्नो नयाँ एसयूभी कुशकको ‘मोन्टेकार्लो’ भेरियन्ट तयार गरेको छ । आगामी अप्रिलमा भारतबाट सार्वजनिक हुने अनुमान गरिएको मोन्टे कार्लो भेरियन्ट निकै आकर्षक देखिएको छ ।
रातो र सेतो रंगको सेडमा बनाइएको मोन्टेकार्लो भेरियन्टको इन्टेरियर र एक्सटेरियरमा थुप्रै परिवर्तन गरिएको अनुमान गर्न सकिन्छ । यो भेरियन्टमा पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर रहने छ । तर, सनरुफ भने पहिलाको जस्तै सिंगल प्यानलको हुन्छ ।
एक्टेरियरमा प्रयोग भएको क्रोम मोन्टेकार्लो मोडलमा अब कालो रंगको हुनेछ । यसमा प्रयोग भएको इन्टुमेन्ट क्लष्टर स्कोडाको नयाँ लन्च भएको स्लाभिया सेडानबाट प्रेरित रहनेछ । तर, यसमा रातो रंगको ग्राफिक्स सहित स्कोडा मोन्टेकार्लो थिम पाउन सकिन्छ । स्कोडाले मोन्टेकार्लो भेरियन्टमा सिट र अपहोस्ट्रेमा रेड र व्ल्याकको डिउल टोन कलर दिएको छ ।
मोन्टेकार्लोमा स्टाइल भेरियन्टको जस्तो फुल एलइडी हेडल्याम्प, अटोमेटीक वाइपर र हेडल्याम्प, भेन्टीलेटेड फ्रन्ट सिट, सव उफर सहितको ६ वटा स्पीकर, अटोडिमीङ रियर भ्यू मिरर, टायर प्रेसर मोनिटरिङ सिस्टम पाउन सकिन्छ ।
भारतमा १.० लिटर र १.५ लिटर दुई इन्जिन अप्सनमा उपलब्ध स्कोडा कुशक नेपालमा भने १.० लिटर इन्जिनमा मात्रै उपलब्ध छ । त्यसैले यो नयाँ मोन्टेकार्लो भेरियन्ट पनि नेपालमा १.० लिटर टीएसआई इन्जिन र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्समा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

