४ लाख ३५ हजारको इलेक्ट्रीक क्रुजर मोटरसाइकल नेपाल आउने

काठमाडौं । इलेक्ट्रीक दुईपाङ्ग्रे सवारीसाधन कम्पनी कोमाकीले इलेक्ट्रीक क्रुजर मोटरसाइकल नेपाल भित्र्याउने भएको हो । कम्पनीले कोमोकी रेन्जरको प्रि बुकिङ खुल्ला गरेको हो ।

हालै मात्र कोमाकी इलेक्ट्रीकको आधिकारिक वितरकमा यूनिटी ट्रेडिङ नियुक्त भएको हो ।

यूनिटी ट्रेडिङका मेनेजर उमेश अधिकारीक अनुसार यो मोटरसाइकल बुकिङ गरेर मात्र खरिद गर्न सकिने छ । कोमकी इलेक्ट्रीकको मूल्य ४ लाख ३५ हजार निर्धारण गरिएको भएता पनि कम्पनीले आर्कषक छुट दिनेसमेत अधिकारीले बताए ।

रेन्जरमा ४ किलोवाट क्षमताको ब्रसलेस मोटर रहेको छ । यसमा ७२ भोल्ट ५० एम्पीयरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ । यो मोटरसाइकलाई ५ देखि ६ घन्टा चार्ज गर्दा फुल चार्ज हुने र एक पटकको फुलचार्जमा १८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

कोमाकी रेन्जर क्रुजर डिजाइनमा निर्माण भएको भारतीय पहिलो इलेक्ट्रीक मोटरसाइकल भएको कम्पनीको दावी छ । क्रजुर कन्ट्रोल, रिभर्स स्वीच, एड्भान्स ब्रेकिङ सिस्टम, मोवाइल चार्जिङ पोर्ट, टर्वो मोड, तीन राइडिङ मोड, साइड स्ट्याण्ड सेन्सर, जस्ता आधुनिक फिचर यसमा उपलब्ध छ ।

कम्पनीले तीन कलर अप्सनमा यो मोटरसाइकल नयाँ वर्ष लक्षित गरेर ल्याउने तयारी थालेको हो ।


Back_to_top