अब मोटरसाइकलमा पनि पावर स्टेरिङ

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी यामाहाले दुई पाङ्ग्रे मोटरसाइकलमा पनि पावर स्टेरिङ टेक्नलोजीको विकास गरिरहेको छ । कम्पनीले यो टेक्नलोजीको प्रयोग डर्ट बाइकबाट गर्ने तयारी गरिरहेको समाचारहरु बाहिर आएका छन् ।

अहिले परिक्षणको क्रममा रहेको पावर स्टेरिङ इलेक्ट्रोम्याग्नेटीक सेटअपका साथै एक्टीभ स्टेरिङ डेम्परमा आधारित रहने छ ।

इलेक्ट्रोम्याग्नेटीक सेटअपले मोटरसाइकल उच्चगतिमा भएपनि मोटरसाइकलमा स्टेविलीटी प्रदान गर्न सक्छ । यो टेक्नलोजीमा लो स्पीडमा भने एक्टुयटरले स्टेरिङ असिस्ट गर्छ ।

यसमा ह्याण्डलबारको इनपुट मापन गर्न टर्क सेन्सर दिइएको छ । कम्पनीका अनुसार यो टेक्नलोजी इलेक्ट्रीक बाइसाइकलमा सफलता पूर्वक प्रयोग भइसकेको छ ।

यो सिस्टम अष्ट्रेलीयन मोटोक्रस रेशर जे विल्सनले अहिले परिक्षण गरिरहेका छन् । विल्सन ‘अल जापान यामाहा फ्रयाक्ट्री रेश टिम र अल जापान मोटरक्रस च्याम्पीयनसिप’मा २५० र ४५० सीसीको डर्ट बाइक चलाउँछन् ।


Back_to_top