हिरोको ३ नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । हिरो मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले एकै पटक तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रमका बीच तीन मोटरसाइकल तथा स्कुटरको बीएस ६ भर्सन सार्वजनिक गरेको हो ।

एनजीएम हिरोले भक्तपुरको सल्लाघारीमा उक्त तीन मोडलका स्कुटर तथा मोटरसाइकल सार्वजनिक गरेको हो । कम्पनीले एक्सपल्स २०० फोर भी, ग्ल्यामर एक्सटेक र मजेष्टो एज १२५ सार्वजनिक गरेको हो । यी तीनै मोटरसाइकल बीएस ६ इन्जिनमा रहेको छ ।

हिरो एक्सपल्स २०० फोर भीको बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

कम्पनीले हिरो ग्ल्यामर १२५ को बीएस ६ भर्सनमा सार्वजनिक गरेको छ । कम्पनीले बीएस ६ ग्ल्यामरमा स्मार्ट कनेक्ट फिचरसमेत दिएको छ । ग्ल्यामरमा साइड स्ट्याण्ड इन्जिन कट, ब्लुटुथ केनेक्ट फिचर, मोवाइल चार्जर, नेभिगेशन जस्ता फिचर पाउन सकिन्छ ।

यो मोटरसाइकलमा १२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०.७ बीएच पावर तथा १०.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर उपलब्ध छ । यो मोटरसाइकलको मूल्य २ लाख ७६ हजार रुपैयाँ निर्धारण गरेर कम्पनीले विक्री सुरु गरेको हो ।

त्यस्तै कम्पनीले बीएस ६ इन्जिनमा मेष्ट्रो एज १२५ मा समेत कनेक्ट फिचर थप गरेर सार्वजनिक गरेको हो । मेष्ट्रो एज १२५ मा डिजिटल स्पीडोमिटर, प्रोजेक्टर एलइडी हेडल्याम्प, ब्लुटुथ केनेक्टीभिटी, साइड स्ट्याण्ड सेन्सर जस्ता फिचर पाउन सकिन्छ ।

यो स्कुटरमा १२४.६ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिलने ९ हर्सपावर तथा १०.४ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले यो स्कुटरको मूल्य २ लाख ६६ हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री सुरु गरेको छ ।


Back_to_top