हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो ।

हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि दक्षिण अमेरिकी देशहरुमा समेत विक्री गर्ने योजना बनाएको छ ।

नयाँ मोडल बजारमा आउन तयार रहेको जानकारी दिदै हिरो मोटोकर्पका ग्लोवल विजनेश हेड संजय भानले भने, ‘भारतको साथै अन्य एशियाली, यूरोप र दक्षिण अमेरिकी देशहरुमा भिडा ब्राण्डमा उत्पादन हुने साधन पुग्ने छन् ।’

बजार लगायतका विषयमा जानकारी दिएपनि आफ्नो पहिलो स्कुटरमा रहने ब्याट्री, मोटर, रेन्ज, चार्जिङ समय, चार्जिङ साइकल जस्ता विषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छ ।


Back_to_top