मासिक ३८ हजार किस्तामा किया सेल्टोस

काठमाडौं । कियाको डिलर थापाथली कियाले मासिक ३७ हजार ९९९ रुपैयाँ किस्ता तिर्नेगरी सेल्टोस उपलब्ध गराउने स्कीम संचालनमा ल्याएको छ । कम्पनीले सेल्टोसको ‘एचटीके’ पेट्रोल भेरियन्टमा स्कीम संचालनमा ल्याएको हो ।

अहिले सेल्टोसको एचटीके भेरियन्टको मूल्य ४९ लाख ५० हजार रुपैयाँ रहेको छ । यो स्कीममा गाडी किन्ने ग्राहकले ५० प्रतिशत रकम डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ भने बाँकी रकम १० वर्षको किस्ताबन्दी सुविधामा उपलब्ध हुने किया थापाथलीले जनाएको छ ।

अहिले बजारमा ब्याजदर मासिक १३ देखि १४ प्रतिशतसम्म पुगेको कारण कम्पनीले सहकार्य गरेको बैंकले १३.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने कम्पनीको दावी छ । यसरी लिएको कर्जा मासिक ३७ हजार ९९९ रुपैयाँको दरले तिर्न सकिने छ ।

सेल्टोसमा कियाले स्मार्ट स्ट्रीम जी १.५ लिटर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६३०० आरपीएममा ११५ पीएस पावर र ४५०० आरपीएममा १४४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

ग्लोबल एनक्याप क्र्यास टेष्टमा ३ स्टार रेटिङ पाएको सेल्टोसमा दुई एयरव्याग, सिट बेल्ट वार्निङ, हाइस्पीड वार्निङ, इबीडी सहितको एबीएस, स्पीड सेन्सिङ डोर लक, सेन्ट्रल लक जस्ता फिचर रहेका छन् ।

स्टेरिङ एड्जस्ट, हेडलाइट एण्ड इग्नीसन रिमाइन्डर, पार्किङ सेन्सर, गाइडलाइन सहितको रिर्भस क्यामेरा, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेरियङ माउन्ट कन्ट्रोल जस्ता फिचर यसमा रहेका छन् ।

कियाको टाइगर नोज ग्रिल, एड्जस्टेवल हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, फगल्याम्प, १७ इन्चको कभरसहितको स्टील ह्वील यसमा पाउन सकिन्छ ।


Back_to_top