काठमाडौं । रोयल इनफिल्ड कन्टिेनन्टल्स ६५० जस्तै देखिने इलेक्ट्रीक स्क्रायम्बलर र क्लासिक मोटरसाइकल सार्वजनिक भएको छ ।
स्वीडिस ब्राण्ड आरजीएनटी आफ्नो फ्ल्यागशिभ मोटरसाइकलको अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले स्क्रयाम्बलर एसइएल र क्लासिकको अपडेटेड भर्सन सार्वजनिक गरेको हो । यी दुवै मोटरसाइकलको लुक्स रोयल इनफिल्ड ६५० ट्वीनसँग मिल्दोजुल्दो रहेको छ ।
कम्पनीले यी दुवै मोटरसाइकलमा नयाँ कनेक्टेड इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ जसमा ब्याट्री रेन्ज, रियल टाइम अपडेट, चार्जिङ स्टाटस, जोयस्टिक कन्ट्रोल जस्ता फिचर रहेको छ ।

यी दुवै मोटरसाइकलमा २१ किलोवाट पिक पावरको मोटर र ९.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यो मोटरसाइकललाई फुलचार्ज गर्न ४ घण्टा समय लाग्छ भने एक पटकको फुलचार्जमा १५० किलोमिटर रेन्ज प्रदान गर्छ । कम्पनीले यो मोटरसाइकल १२० किलोमिटर प्रतिघण्टा रफ्तारमा कुद्न सक्ने जनाएको छ । यो मोटरसाइकल युरोपका १३ भन्दा धेरै देशहरूमा विक्री हुँदै आएको छ ।


