अर्को हप्ता हार्लेको इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक हुने

काठमाडौं । हार्ले डेभिड्सनको इलेक्ट्रीक मोटरसाइकल अर्को साता सार्वजनिक हुने भएको छ ।

कम्पनीले लाइभवायर ब्राण्ड नेममा ल्याउने मोटरसाइकलको नाम ‘एस २ डेलमार’ राखिएको छ ।

कम्पनीले एक टीजर सार्वजनिक गर्दै यो मोटरसाइकलको मे १० मा सार्वजनिक गर्ने जानकारी दिएको हो ।

बाइकको पछिल्लो भागमा ‘०ः०६’ मार्क दिइएको टिजरमा देखाइएको छ । यो बाइकको मूल्य २२ हजार अमेरिकी डलर हुने बताइएको छ ।

सधैं ठूला मोटरसाइकल मात्र उत्पादन गर्ने हार्लेले यो मोटरसाइकल मडी रेन्ज साइजमा उत्पादन गरेको हो ।

कम्पनीले सार्वजनिक गर्ने एस २ मा ब्याट्री क्षमता वृद्धि गर्न सकिने सुविधा उपलब्ध गराउने जनाएको छ भने यसको एस ३ र एस ४ समेत बजारमा उतार्ने जनाइएको छ ।


Back_to_top