चीनको एक अपार्टमेन्टमा इलेक्ट्रीक स्कुटर चार्जिङको समयमा पड्कीएको छ । चिनियाँ समाचार एजेन्सीकाअनुसार चार्जमा राखिएको स्कुटरबाट धुवाँ आउन थालेपछि त्यसलाई बन्द गरिएको थियो ।
कोठामा आफ्नो बच्चासँग बसिरहेका मानिसले ब्याट्री पड्कने निश्चित भएपछि बच्चालाई लिएर त्यहाँबाट भागेका थिए ।
उक्त परिवारले सो स्कुटर २ हप्ता अघि १७८० युवानमा एक अनलाईन सपिङ साईटबाट खरिद गरेको थियो । समाचारका अनुशार सो स्कुटर सेङ्ते ब्राण्डको रहेको जनाइएको छ ।
विश्वमा इलेक्ट्रीक भेइकलको प्रयोग बड्दो क्रममा रहेको छ । प्रदूषण तथा आवाज मुक्त हुने यी स्कुटरहरु चलाउन पनि अत्यन्त सजिलो हुने गरेका छन् । तर, कहिले काँहि कम गुणस्तरको सामान पर्याे भने यो ज्यानै लिन सक्ने खतरनाक हुन पनि सक्छ ।
कोठामा लगाईएको सीसीक्यामराको २२ सेकेन्डको फुटेजमा कैद भएको दृष्य अनुसार स्थिति निकै भयाबह भएको थियो । सो स्कुटर ठूलो आगोको मूस्लोसहित ब्लास्ट भएको देखिन्छ जसको धुवाँले कोठा पूर्ण रुपमा भरिएको थियो ।
कमसल खालको ब्याट्री वा ओभर चार्जको कारणले सो ब्लास्ट भएको हुनसक्ने अधिकारीहरुले जनाएका छन् । यो घटनामा कोही पनि हाताहात नभएता पनि बड्दो इलेक्ट्रीक भेईकलको प्रयोगसँगै यसमा प्रयोगहुने ब्याट्री र चार्जिङ टेक्नोलोजीको विषयमा अझै धेरै अनुशन्धान गर्नुपर्ने देखाएको छ ।


