१२ दिनमै बिक्यो सुजुकीको १० हजार ‘बर्गम्यान स्ट्रीट’ स्कुटर

सुजुकीको नयाँ स्कुटर बर्गम्यान स्ट्रीट १२५ ले भारतीय बजारमा आक्रामक व्यापार गरेको छ । सार्वजनिक भएको १२ औं दिनमा नै १० हजार यूनिटभन्दा बढि विक्री गरेर सुजुकीले नयाँ रेकर्डसमेत बनाएको छ ।

मिडिया रिपोर्टको अनुसार अहिले सुजुकी बर्गम्यान(स्ट्रीटले बजारमा धेरै राम्रो रेस्पोन्सहरु पाईरहेको छ । सुजुकी बर्गम्यान ६२५ को डिजाईनबाट प्नभावित रहेकाे यसको डिजाईन हो । यही डिजाइनको कारण पनि यो स्कुटरले युवाहरुको ध्यान आफुतिर खिच्न सफल भएको छ ।

सुजुकीले बर्गम्यान स्ट्रीट १२५ को मूल्य ६८ हजार भारतीय रुपैयाँ राखिएको छ । यो स्कुटरको १२५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । यसले ८.७ पीएस पावरमा १० एनएम टर्क उत्पादन गर्छ ।

सुजुकी बर्गम्यान स्ट्रीटमा सीभीटी ट्रान्समिशन लगाईएको छ । बुलबुलस बडीको साथै यस स्कुटरमा स्पोर्टी डिजाईनमा निर्माण गरिएको छ । कम्पनीका अनुसार उच्च प्रविधियुक्त सुजुकी बर्गम्यान स्ट्रीटमा एलईडी हेडलाईट्सका साथै टेललाईट्स पनि जडान गरिएको छ ।

यस स्कुटरमा मल्टी(फङ्गसन की स्लोट जडान गरिनुका साथै अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२ वाट चार्जर सकेट तथा प्रयाप्त अन्डरसिट स्टोरेज स्पेशजस्ता विशेषताहरु राखिएका छन् ।

सुजुकीको बर्गम्यान स्ट्रीट १२५ को अगाडीको भागमा डिस्क ब्रेक र रियरमा ड्रम सेटअप जडान गरिएको छ । यसका साथसाथै स्कुटरमा सीवीएस पनि दिइएको छ ।


Back_to_top