२ लाख ४० हजार मूल्य पर्ने इलेक्ट्रीक स्कुटरको विक्री सुरु

काठमाडौं । एनआइयूको नयाँ इलेक्ट्रीक स्कुटरको विक्री सुरु भएको छ । कम्पनीले ‘यूक्यूआइजीटी’को मूल्य २ लाख ४० हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।

एनआईयू इलेक्ट्रीकको नेपालका लागि आधिकारीक विक्रेता इको इन्फिनिटीले एनआईयू यूक्यूआइजीटीको विक्री सुरु गरको हो । कम्पनी बढ्दो बजारमा आफ्नो मार्केट सेयर बढाउन नयाँ मोडलहरु ल्याइरहेको छ । यसअघि कम्पनीले गोभा ३, गोभा ५ र एमक्यूआइजीटी सार्वजनिक गरेको थियो ।

एनआईयू यूक्यूआइजीटीमा १.५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसमा ४८ भोल्ट ३१ एम्पीयरको ब्याट्री छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्न सात घण्टा लाग्ने छ । एक पटकको फुल चार्जमा ७० देखि ८० किलोमिटरसम्म चलाउन सकिने यो स्कुटरको टप स्पीड ४५ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसमेत उपलब्ध छ ।

एनआईयू यूक्यूआइजीटीमा एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, यूएसबी चार्जिङ पोर्ट, एलसीडी ड्यास वोर्ड, एलइडी टर्न इन्डिकेटर जस्ता फिचर पाउन सकिन्छ ।

यो स्कुटरको सिट हाइट ८४० एमएम रहेको छ भने यसमा १८० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


Back_to_top