होण्डाले भारतमा १३० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर बनाउने

काठमाडौं । होण्डाले भारतमा इलेक्ट्रीक स्कुटरको पेटेन्ट दर्ता गराएको छ । होण्डाले यू-गो नामक इलेक्ट्रीक स्कुटरको पेटेन्ट दर्ता गरेको हो ।

होण्डाले गत वर्ष चिनियाँ बजारमा यू-गो सार्वजनिक गरेको थियो । होण्डाले यो स्कुटर दुई भेरियन्टमा सार्वजनिक गरेको हो ।

होण्डा यू-गोमा १.२ किलोवाट रेटेड पावरका साथै १.८ पिकपावर क्षमताको मोटर रहेको छ । यसको टप स्पीड ५३ किलोमिटर प्रतिघण्टा छ । कम्पनीका अनुसार यो स्कुटरलाई एक पटक फुलचार्ज गर्दा ६५ किलोमिटरसम्म गुडाउन सकिन्छ । यसमा रिमरभएबल ४८ भोल्ट लिथिएम आयन ब्याट्री पाउन सकिन्छ । यसमा डबल ब्याट्री अप्सनसमेत उपलब्ध छ । डबल ब्याट्रीको प्रयोगमा यसलाई १३० किलोमिटरसम्म चलाउन सकिन्छ ।

होण्डा यू-गोमा एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी पोर्ट, एन्टी थेफ्ट अर्लाम, एलईडी हेडल्याम्प, एलइडी डीआरएल, अलाय ह्वील, ब्लुटुथ कनेक्टिभिटी, जीपीएस जस्ता फिचर पाउन सकिन्छ ।

यस अघि पनि होन्डाले पीसीएक्स र एक्स-एड्भेन्चर इलेक्ट्रीकको पेटेन्ट दर्ता गराएको छ । यी स्कुटरहरुको मूल्य तथा सार्वजनिक मितिका बारेमा अन्य जानकारी भने बाहिर ल्याएको छैन ।


Back_to_top