काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागी आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले लक्की ड्र मार्फत विजेता घोषणा गरेको छ । कम्पनीले एक समारोह आयोजना गरेर विजेताहरुलाई चेक हस्तान्तरणसमेत गरेको हो ।
कम्पनीले आफ्नो दशैं/तिहार/छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको थियो । उक्त अफरमा मोटरहेडका मोटरसाइकल खरीद गर्ने काठमाण्डौं निवासी सुभेन्दुरत्न तुलाधरले १ लाख रुपैयाँ जितेका छन् । त्यस्तै दोस्रो विजेता रुकुम भर भइ हाल काठमाडौं बस्ने दया बुढामगरले ५० हजार रुपैयाँ र ललितपर निवासी सुशान्त पौडेलले तेस्रो पुरस्कार २५ हजार रुपैयाँ जितेका छन् ।
उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एसएलआर टेक्नो एण्ड ट्रेडका निर्देशक सुगम घिमिरेले गरेका थिए । हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा स्क्रयाच गरी १ लाखसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ ।
मोटरहेड ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यका भित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको

