काठमाडौं । बीएमडब्ल्यू मोटोरार्ड इन्डियाले नयाँ मोटरसाइकलको बुकिङ खुला गरेको छ । कम्पनीले बजारमा उर्ताने तयारी गरेको बीएमडब्ल्यू जी ३१० आरआरको बुकिङ खुला गरेको हो ।
केही दिनअघि मात्रै कम्पनीले फुल फियर्ड मोटरसाइकलको टिजर सार्वजनिक गरेको थियो । कम्पनीले टीभीएसको आरआर ३१० मा आधारित मोटरसाइकल जी ३१० आरआर अर्को महिना भारतीय बजारमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीका अनुसार ग्राहकले बीएमडब्ल्यूको आधिकारिक शोरुम वा अनलाइनमार्फत यो मोटरसाइकल बुकिङ गर्न सक्नेछन् । कम्पनीले बुकिङ रकम र डेलिभर दिने मिति भने उल्लेख गरेको छैन् । मोटरसाइकलको डेलिभरी भने पहिला आउने ग्राहकलाई ९फर्ष्ट कम फर्ष्ट सर्भिस० पहिला दिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा समेत यो मोटरसाइकल भित्रने अनुमान गर्न सकिन्छ । भारतमा उत्पादन भएको बीएमडब्ल्यूका जी ३१० आर र जी ३१० जीएस विक्री हुँदै आएको छ । बीएमडब्ल्यूका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी टर्क मोटर्स रहेको छ ।


