टाटा मोटर्सको कार शोरुम भैरहवाको पद्सारीमा

भैरहवा । भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा मोटर्सले भैरहवाको पद्सारीमा नयाँ शोरुम खोलेको छ ।

टाटा मोटर्सको नेपालका लागि आधिकारी आयातकर्ता सिप्रदीले नयाँ डिलरको रूपमा एम्रल्ड मोटर्स प्रालिलाई भैरहवाको लागि डिलर नियूक्त गरेसँगै नयाँ शोरुमको समेत उद्घाटन गरेको हो ।

टाटा मोटर्सको नयाँ शोरुम कम्पनीको डिलरशिप मापदण्ड अनुसार डिजाइन र निर्माण गरिएको छ र ग्राहकहरूलाई सुविधाजनक पहुँच प्रदान गर्न रणनीतिक रूपमा अवस्थित छ । टाटा मोटर्सका विज्ञहरूको निगरानीमा डिलरशिप कर्मचारीहरूलाई तालिम दिइएको छ र गुणस्तरीय ग्राहक अनुभव प्रदान गरिनेछ ।

टाटा मोटर्स र सिप्रदी टेडिङको प्रतिबद्घता अनुसार आफ्नोे सजांल नेपालभरी फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रुपमा खोलिएको कम्पनीले जनाएको छ ।

उक्त शोरुमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिप्रदीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजङ्ग सिजापती, विभिन्न विभागका प्रतिनिधिहरूका साथै एम्रल्ड मोटर्सका अध्यक्ष योगेश घिमिरेको सहभागीता रहेको थियो ।

नयाँ कार शोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुनेछ ।


Back_to_top