चेरी ‘टिग्गो ८ प्रो’को मिडिया टेस्ट ड्राइभ सम्पन्न

काठमाडौं । नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स शुक्रबार आफ्नो फ्ल्यागसिप मोडल टिग्गो ८ प्रोको मिडीया टेस्ट ड्राइभ आयोजना गरेको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी मिडियाकर्मीले चेरीको नयाँ मोडलकाे  टिग्गो ८ प्रो एसयूभीको अनुभव लिएका थिए ।

यो एसयूभीमा १.६ लिटरको टीजीडीआइ इन्जिन र ७ स्पीड डीसीटी गियरबक्सको संयोजन रहेको छ । टिग्गो ८ प्रोमा फुल एलईडी लक्जरी लाइटिङ सेट र विशेष लक्जरियस लेदर सिटहरू स्ट्यान्डर्डको रूपमा उपलब्ध छन् । चेरी अटोमोबाइलले नयाँ पुस्ताका लागि यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रूपमा विकास गर्न प्रयास गरिरहेको कम्पनीले जनाएको छ ।

चेरीको टीजीडीआइ  १.६ लिटरको इन्जिनलाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इन्जिनहरू मध्ये सूचीबद्ध गरिएको थियो । यसको अधिकतम पावर १९५ हर्सपावर छ भने २९० एनएम को पिक टर्क रहेको छ । यसले मात्र ८.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।

टिग्गो ८ प्रोको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ४७२२x१८६०x१७४५ एमएम  छ । टिग्गो ८ प्रो नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ । यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नल सहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्ड जस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि–आयामिक र हार्ड–एज्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ ।


यसका साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेकलाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागशिप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १९६ मिलिमिटर छ ।

चेरी टिग्गो ८ प्रोको इन्टेरियर लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट डिजाइनमा आधारित छ, जसमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग औंलाको टुप्पाबाटै गर्न सकिन्छ भने इन्टेलिजेन्ट भ्वाइस कमान्ड र मल्टी फङसनल स्टेयरिङ ह्वीलको समेत प्रयोग गर्न सकिन्छ ।

टिग्गो ८ प्रोमा भएको एचडी फ्लोटिङ सेन्टर एलसीडी स्क्रीनमा १९२० बाई ७२० सम्मको रिजोल्युसन छ । यसमा फोनका साथै इन्स्ट्रयुमेन्ट प्यानलको प्रयोग गर्न सकिन्छ र  मल्टिमिडिया, ड्राइभिङ जानकारी र अन्य फङसनको बारेमा आवश्यक जानकारी प्रदान गर्छ ।

मोबाइल फोन, एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल, हाई डेफिनेसन टचस्क्रीनका साथै कारमा भएको वायरलेस चार्जरले आरामदायी, प्रयोगकर्ताका लागि सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ । १२.३ इन्चको आकर्षक इन्स्ट्रयुमेन्ट क्लस्टर र १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टमका साथै ८ इन्चको एलसीडी एयर कन्डिसनर सिस्टम टेक्नोलोजीको संयोजनबाट ट्रिपल–स्क्रीन अन्तरक्रियाको अनुभव गर्न सकिन्छ ।

यसमा भएको ३६० डिग्री बर्ड्स आईभ्यू प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउका साथै फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न समेत सहज बनाउँछ ।

यो कारमा डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङ लगायत सेफ्टिी फिचर छन् । साथै, विभिन्न स्थानमा भएका ६ वटा एयरब्याग लगायतका फस्र्ट इन क्लास सेफ्टी फिचरले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ ।

यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लू, न्यू खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । नेपाली बजारमा टिग्गो ८ प्रोको मूल्य ९९ लाख ५० हजार तोकिएको छ ।


Back_to_top