एक्सपल्स २०० फोर भी र्‍याली भर्सनको पहिलाे तस्बीर

काठमाडौं । हिरो मोटोकर्पले एक्सपल्स २०० फोर भीको नयाँ भेरियन्ट बजारमा ल्याउने भएको छ । कम्पनीले एक्सपल्स २०० फोर भी र्‍याली एडिशन बजारमा आउने भएको हो ।

केही दिनअघि नयाँ भर्सनको ट्रेडमार्क सार्वजनिक भएको थियो । अब एक्सपल्स २०० फो भी र्‍याली एडिशनको पहिलो तस्बीर नै सार्वजनिक भएको हो ।

नयाँ र्‍याली किट भेरियन्ट रेगुलर मोटरसाइकलको तुलनामा लम्वाई २३ एमएम, ५० एमएम उचाई र ९ एमएम लामो ह्वीलवेस रहने छ । यसमा रेगुलर मोडलको भन्दा लामो ट्राभल सस्पेन्सन रहने छ ।

र्‍याली किट भेरियन्टमा एडजष्टेवल फ्रन्ट तथा रियर सस्पेन्सन, ह्यान्डलबार रेजर, नयाँ स्ट्याण्ड, नयाँ गियर लिभर, र्‍याली सिट, तथा अफरोड टायर हुनेछ । र्‍याली किट भर्सनमा नयाँ एलइडी हेडल्याम्प हुने अनुमान गरिएको छ । यसका अलावा र्‍याली भर्सनमा नयाँ ग्राफिक देख्न सकिने छ ।

यही किटलाई फोर भीका ग्राहकले एशोसरिजका रुपमा समेत बजारमा खरिद गर्न सक्नेछन् ।

यसअघि कम्पनीले एक्सपल्स २०० को २ भी भर्सनको र्‍याली किट ३८ हजार भारतीय रुपैयाँमा सार्वजनिक गरेको थियो भने फोर भी र्‍याली किट केही महंगो हुन सक्नेछ ।

र्‍याली एडिशन २०० फोर भीको मूल्य १ लाख ८० हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


Back_to_top