अप्रिलियाको प्रिमियम स्कुटर SR MAX 250 सार्वजनिक

काठमाडौं । अप्रिलिया एसआर म्याक्स २५० सार्वजनिक भएको छ । कम्पनीले चिनियाँ बजारमा अप्रिलिया स्र्पोटी म्याक्सी डिजाइन एसआर म्याक्स २५० सार्वजनिक गरेको हो ।

चिनियाँ बजारमा एसआर म्याक्स २५० को मूल्य २६ हजार यूवान निर्धारण गरिएको छ । स्पोर्टी म्याक्सी डिजाइनमा तयार भएको एसआर म्याक्स २५० मा हाइ पर्फमेन्स २४४ सीसी इन्जिन रहेको छ । यो इन्जिनले २५.६ बीएच पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले चालकको सहजताको लागि यसमा पुल ब्याक (आफुतिर तान्न मिल्ने) ह्यान्डलबार तथा कम्र्फटेवल सिट कुसन दिएको छ ।

यो स्कुटर ग्रे र रेड कलर कम्वीनेसनमा उपलब्ध रहेको छ । स्कुटरको सिट हाइट भेरियन्ट अनुसार ७७५ एमएम र ८१५ एमएम रहेको छ ।

यसको फ्रन्टमा ३५ एमएम ट्राभल सस्पेन्सन र रियरमा डबल शक एव्जर्भर प्रि लोडेड एडजष्टेवल सस्पेन्सन दिइएको छ । त्यस्तै यसको फ्रन्टमा २६० र रियरमा २४० एमएम डिस्क ब्रेक प्रयोग गरिएको छ ।

सुरक्षका लागि एसआर म्याक्स २५० मा डबल च्यानल एबीएस दिइएको छ । त्यस्तै ७ इन्च टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टीभीटी, ड्राइभिङ मोड, डबल एलइडी हेडल्याम्प, एडजष्टएवल विन्ड स्क्रीन जस्ता फिचर यसमा पाउन सकिन्छ ।


Back_to_top