टेस्लाले अब बच्चादेखि वयस्कसम्मलाई हुने मिनी कार बनाउने

अमेरिकी कार निर्माता कम्पनी टेस्लाले उत्कृष्ट र ऊर्जावान् ‘मोडल–थ्री कार’ पछि पुनः नयाँ मोडलको इलेक्ट्रीक मिनी कार ल्याउने घोषणा गरेको छ । 

टेस्लाको सीईओ इलन मस्कले कम्पनीले यो कार ल्याउन लागेको ट्वीटरमार्फत् जानकारी गराएका हुन् । मस्कले यो कार उत्कृष्ट हुने र उपभोक्ताहरूले धेरै रुचाउने दावी गरेका छन् । 

मास्ककाअनुसार कम्पनीले अहिले मिनी कार उत्पादन गर्ने योजना बनाएको छ, जुन कारमा पर्याप्त स्पेश रहने अनुमान गरिएको छ । 

साथै, कम्पनीले मोडल एस खेलौना कारको रुपमा पनि उत्पादन गर्ने तयारी गरिरहेको छ । जुन ३ देखि ८ वर्षका बच्चाका लागि बजारमा उपलब्ध हुनेछ । 

मिडिया रिपोर्टकाअनुसार, इलन मस्कले टेस्ला मिनी कारलाई कम्पनीले कहिले सार्वजनिक गर्ने भन्ने विषयमा केही उललेख गरेका छैनन् ।

यस्तो छ कम्पनीको कारोवार 

सन् २०१८ को दोस्रो तीन महिनामा कम्पनीले चार विलियन डलर कमाएको थियो । जसमा २.२ विलियन डलर नगद हो । अहिले टेस्लाले हरेक साता सात हजार यूनिट कार उत्पादन गर्छ । 

जुलाईमा टेस्ला मोडलको थ्री बेस मोडलको मूल्य ३५ हजार डलर थियो । टेस्ला मोडल–३ ले युएसमा यो सेग्मेन्टको टप मार्केट सेयर बनाएको छ । मिडसाइज प्रिमियम सेडानको जुलाईमा कुल बिक्री ५२ प्रतिशतले बढेको छ । 

कम्पनीले सन् २०१८ को तेस्रो तीन महिनाममा ५० हजारदेखि ५५ हजार ‘मोडल–थ्री’ उत्पादन गर्ने अनुमान गरेको छ ।


Back_to_top