होन्डाले आफ्नो नयाँ सीआर-भी गाडी भारतीय बजारमा अक्टोबरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
उक्त एसयूभीले टोयोटा फच्र्यूनरसँग सिधा प्रतिस्पर्धा गर्नेछ । अहिलेको नयाँ एसयूभी पुरानो सीओभीभन्दा ठैलो र फराकिलो रहेको छ । कम्पनीले यस कारमा फ्यामिलीका लागि तेस्रो लाइन समावेश गरेको छ ।
होन्डाले सीआरभीलाई पहिलोपटक भारतीय बजारमा डिजल इञ्जिनमा सार्वजनिक गर्न लागेको छ । डिजेल भर्सनमा कम्पनीले १.६ लिटर इञ्जिन दिएको छ । जुन होन्डाले ड्रिम्स इञ्जिन फ्यामिलीको बनाएको थियो । होन्डा सीआरभीमा लगाइएको इञ्जिनले १२० बीएचपी पावर तथा ३०० एनएम टर्क उत्पादन गर्छ । इञ्जिनमा ९ स्पीड अटोमेटिक ट्रान्समिसनका साथै फ्याडलसिफ्ट स्ट्यान्डर्ड जडान गरिएको छ । यसकासाथै कारमा अल ह्वील ड्राइभको विकल्प पनि दिएको छ ।
नयाँ सीआरभीमा होन्डाले २.० लिटर इञ्जिन दिइएको छ, सीभीटी ट्रान्समिसनमा जडान गरिएको छ । यसमा जडान गरिएको इञ्जिनले १५४ बीएचपी पावर तथा १८९ एनएम टर्क उत्पादन गर्छ । ‘हन्डा–टू’ मा लगाइएको २.० लिटर इञ्जिनले १५५ एचपीकासाथै १९२ एनएम टर्क उत्पादन गर्छ । पेट्रोल इञ्जिनमा अल ह्वील ड्राइभ अप्सन दिइएको छ ।
नयाँ जेनेरेशनको होन्डा सीआरभीमा ड्राइभर सीट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल तथा ७.० इञ्च टचस्क्रिनको साथमा एप्पल कारप्ले र एन्ड्रोइड अटोजस्ता विशेषता दिइएको छ ।
भारतीय बजारमा होन्डा सीआरभीको मूल्य २८ लाखको हाराहारी पर्न जाने अनुमान गरिएको छ ।


